मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

अगस्ट २२ र २३ मा एनआरएनए, अमेरिकाको साधारण सभा तथा सपथग्रहण समारोह हुने

अगस्ट २२ र २३ मा एनआरएनए, अमेरिकाको साधारण सभा तथा सपथग्रहण समारोह हुने

नव निर्वाचित कार्यसमितिलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरिने


शेयर गर्नुहोस:

2.3k
Shares

  • change font
  • change font
  • change font

अमेरिका, बोस्टन, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसि), अमेरिकाको १४औँ साधारण सभा(एजिएम) तथा सपथग्रहण समारोह अमेरिकाको भर्जिनिया राज्यमा हुने भएको छ। संघले यही आउदो अगस्ट २२ र २३, २०२५ सुक्रवार र सनिवार गर्ने गरी साधारण सभा तथा सपथग्रहण कार्यक्रमको तयारी गरिएको जनाएको छ।

उक्त कार्यक्रम भर्जिनिया राज्यको मनासस् स्थित विन्डह्याम गार्डेन होटलमा गर्ने गरी तयारी गरिएको छ। त्यसका लागि संस्थाका प्रवक्ता डाक्टर राजन पन्तलाई संयोजक र सल्लाहकार ददिराम ढुङ्गानालाई सहसंयोजक तोकेर तयारीको जिम्मेवारी सुम्पिएको छ।

संघका अनुसार, २०२३-२०२५ कार्यकालको उपलब्धिहरू साटासाट गर्दै खुशी मनाउने, २०२५-२०२७ का लागि चयन भएका व्यक्तित्वहरुलाई औपचारिक रूपमा स्वागत गर्ने, सपथग्रहण गराउने र पद सहित कार्यभार हस्तान्तरण गर्ने र संसथाको तर्फबाट नेपालको विकासप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ पार्ने उक्त दुइ दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

संघका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेले जानकारी दिए अनुसार कार्यक्रममा नेपालको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहने तयारी गरिएको छ। अध्यक्ष बन्जाडेले आसन्न १४ औँ साधारण सभा तथा सपथग्रहण समारोह संस्थाको गरिमा र सदस्यहरुको गौरवका दृष्टिकोणले निकै महत्त्वपूर्ण भएकाले संघका सबै सदस्यहरुलाई सहभागिता जनाउन अनुरोध गरेका छन्। उनले आफ्नो नेतृत्वको कार्यकाल २०२३-२५ का संस्थागत उपलब्धिहरु संस्था परिवार सामु साटासाट गर्न, हालै सम्पन्न निर्वाचनबाट आगामी कार्यकाल २०२५-२७ का लागि नव निर्वाचित व्यक्तित्वहरुलाई औपचारिक रुपमा स्वागत गर्न र सपथग्रहण गराएर पद हस्तान्तरण गर्न आफू र आफ्नो कार्यसमिति आतुर रहेको बताए।

उक्त एजिएममा सहभागिता जनाउन भर्जिनिया पुगेका पाहुना तथा सदस्यहरुलाई स्वागत गर्न भर्जिनिया च्याप्टरले अगस्ट २२, २०२५ शुक्रवार साँझ स्वागत कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ।

संघले आफ्ना सदस्यहरुलाई कार्यक्रममा सहभागिता जनाउन अनुरोध गर्दै अग्रीम नाम दर्ता गर्न र होटल बुक गर्नका लागि लिंकसमेत उपलब्ध गराइसकेको छ।

शेयर गर्नुहोस:

2.3k
Shares