मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

एनआरएनए,एनसिसि, अमेरिकाको मतदान कार्य सम्पन्न

एनआरएनए,एनसिसि, अमेरिकाको मतदान कार्य सम्पन्न

८,३०३ मत खस्यो, मत परिणाम घोषणा गर्ने तयारी


शेयर गर्नुहोस:

1.3k
Shares

  • change font
  • change font
  • change font

अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,(एनआरएनए, एनसिसि), अमेरिकाको घोषित निर्वाचन कार्यतालिका अन्तर्गतको मतदान कार्य सम्पन्न भएको छ। संघको आगामी दुइ वर्षे कार्यकाल (सन् २०२५–२०२७)का लागि कार्यसमिति चयन गर्ने उद्देश्यले अगष्ट १७, २०२५ आइतवार बिहान १० बजे(पूर्वीय समय) बाट सुरु गरिएको मतदान कार्य, अगस्ट १८, २०२५ सोमवार बिहान १० बजे(पूर्वीय समय) सम्पन्न भएको हो। संघको निर्वाचन सम्पन्न गर्न निर्वाचन प्रमुखको भूमिका निर्वाह गरिरहेका टुकप्रसाद रेग्मीले दिएको जानकारी अनुसार निर्वाचनमा ८,३०३ मत खसेको छ।

निर्वाचनको अन्तिम नतिजालाई निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी नै छ। निर्वाचनको अन्तिम मत परिणामको औपचारिक घोषणा यथासिघ्र सार्वजनिक गर्ने तयारी भैरहेको कुरा निर्वाचन प्रमुख टुक रेग्मीले बताए।

निर्वाचन आयोगका अनुसार सम्पन्न निर्वाचनमा, अध्यक्ष पदमा ४ जना, वरिष्ठ उपाध्यक्ष पदमा ३ जना, उपाध्यक्षमा १३ जना, महिला उपाध्यक्षमा ३ जना, युवा उपाध्यक्षमा ३ जना, महासचिवमा ३ जना, सचिव (खुला) मा ४ जना, महिला सचिव १ जना( निर्विरोध), कोषाध्यक्षमा ३ जना, सहकोषाध्यक्षमा १ जना(निर्विरोध), युवा संयोजकमा २ जना, महिला संयोजकमा २ जना र बोर्ड सदस्यमा २३ जनाको उमेदवारी परेको थियो।

शेयर गर्नुहोस:

1.3k
Shares