काठमाडौँ । नेपालमा नसर्ने मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको छ । नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताइन् । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको उनको भनाइ छ ।
प्रमुख नसर्ने रोगमा मुटु रोग ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग १० प्रतिशत रोग लाग्ने गरेको उनले बताइन् ।
नसर्ने रोग धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, मद्यपान र वायु प्रदूषणले निम्त्याउने गरेको छ । एलाइन्सका सदस्य तथा स्वास्थ्य पत्रकार सरोज ढुङ्गेलले सरकारले नसर्ने रोगबारेमा आमनागरिकलाई समयमा सचेत गराउन आवश्यक रहेको बताए ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका पूर्वअध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सरकार जतिकै भूमिका पत्रकारको हुने भएकाले नसर्ने रोगबारेमा समाचार सम्प्रेषण गर्न आग्रह गरे ।












प्रतिक्रिया