मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कालिकाका मेयर रेग्मी र ब्राम्पटनका समकक्षीबीच भेटवार्ता : विकासको मोडल आदान–प्रदान गरिने

कालिकाका मेयर रेग्मी र ब्राम्पटनका समकक्षीबीच भेटवार्ता : विकासको मोडल आदान–प्रदान गरिने


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

टोरन्टो । क्यानडाको ब्राम्टन नगरपालिकाका मेयर प्याट्रिक ब्राउनसँग कालिका नगरपालिकाका मेयर विनोद रेग्मीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मेयरद्वयबीच भएको भेटवार्तामा दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्दै विकासको मोडल आदानप्रदान गरिने भएको छ । साथै, एकअर्को पालिकाबीच विकासको मोडेल तथा प्रविधिको समेत आदानप्रदान गरिने छलफल भएको थियो ।

ब्राम्टन नगरपालिकाका मेयर प्याट्रिक ब्राउनले नेपालका मेयर रेग्मीसँग भेट्दा खुसी व्यक्त गर्दै पहिलोपटक आफ्नो नगरपालिकाले नेपालको कालिका नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पाउनु ब्राम्पटन नगरपालिकाको लागि पनि नयाँ सिकाइ हुने उनले बताए ।

कालिका नगरपालिकाका मेयर रेग्मीले क्यानडाको ब्राम्पटन नगरपालिकाको विकासको मोडलले प्रभाव पारेको बताउँदै विकासमा अग्रणी रहेको ब्राम्पटन नगरपालिकाबाट धेरै कुरा सिकेर कालिका नगरपालिकामा पूर्वाधार र प्रविधिको विकास गर्न सकिने सम्भावना रहेको बताए ।

फूलको सिटीको रुपमा विकास भएको ब्राम्पटन नगरपालिका क्रिकेट खेलमा पनि प्रख्यात पालिका हो । खेल र पूर्वाधारका साथै फूलको सौन्दर्यताले पनि ब्राम्पटन नगरपालिका क्यानडाको उत्कृष्ट नगरपालिका रहेकोमा खुसी व्यक्त गर्दै कालिका नगरपालिकाका मेयर रेग्मीले ब्राम्टन नगरपालिकाका मेयर प्याट्रिक ब्राउनलाई आफ्नो नगरपालिकाका भ्रमणको लागि औपचारिक निमन्त्रणासमेत गरेका छन् ।

भेटवार्ताको क्रममा मेयर रेग्मी तथा ब्राम्टन नगरपालिकाका मेयर प्याट्रिक ब्राउन र डेपुटी मेयर हरकित सिंबीच मायाको चिनो आदानप्रदानसमेत भएको थियो ।

सो अवसरमा कन्जरवेटिभ पार्टी क्यानडाका नेता विजय पौडेल, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल, एनआरएन क्यानडाका पूर्वअध्यक्ष गोपीकृष्ण काफ्ले, प्रवासी नेपाली मञ्च क्यानडाका सदस्य सुदर्शन अधिकारी, युवा अभियन्ता विकास डल्लाकोटी, एनआरएनए क्यानडाका बोर्ड सदस्य जगन सापकोटालगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस:

27
Shares