मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

विदेशमा श्रम गर्न जानेलाई गरिएको ठगीको नियमन गर्न सांसदको माग

विदेशमा श्रम गर्न जानेलाई गरिएको ठगीको नियमन गर्न सांसदको माग


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीमाथि म्यानपावर कम्पनीलगायतले ठगी गरिरहेको उल्लेख गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रमा कोइराला पौडेलले मलेसियामा रहेका चार लाख नेपालीले दुःख पाएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । वैधानिक बाटोबाट सुरक्षा गार्डको काममा गएकालाई सम्झौताभन्दा कम पारिश्रमिक दिएको पाइएकाले दोषीलाई कारबाही गर्न माग गरिन् ।

Advertisement
ADVERTISEMENT

विदेशमा पनि केहीले मिटरब्याजका नाममा श्रमिकको शोषण गरिरहेको आफूले मलेसिया भ्रमणका क्रममा पीडितहरुबाट जानकारी पाएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगीमा मुछिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन संरचना निर्माण भए पनि भइरहेका गतिविधिका बारेमा नियमित रुपमा संसदमा जानकारी गराउन माग गरे । सहकारी ठगी गरी विदेशमा गएकालाई पक्राउको प्रक्रिया सुरु गर्नुपर्ने र यससम्बन्धी विवरण गृहमन्त्रीले नियमित रुपमा संसद्मा जानकारी गराउनुपर्ने उनको माग छ ।

सांसद महेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गको सुधार गर्न माग गरे । त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न पनि सांसद शाहीले सरकारको ध्यानाकर्षण गराए । केही दिनअघि संसदीय समितिबाट अवलोकन भ्रमणमा जाँदा विश्वविद्यालयको महिला छात्रावासलगायत स्थलमा समस्या देखिएकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसद मेटमणि चौधरीले दाङको लमही बजारलाई व्यवस्थित गर्न माग गरे । सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशको सर्लाही प्रहरी प्रमुखले असार ९ गते पूर्वप्रदेशसभा सदस्यको घर परिवारलाई गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिन् । उक्त घटनाबारे सत्यतथ्य छानबिन गर्न उनको माग छ ।

शेयर गर्नुहोस:

81
Shares