मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी


शेयर गर्नुहोस:

756
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी परेको छ। संसदीय सुनुवाइ समितिमा उनीहरुविरुद्ध ७ वटा उजुरी परेकाे हाे।

समिति सभापति ईश्वरी न्यौपानेले समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको जानकारी दिइन्। उजुरीबारे समितिको आज सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको बैठकमा सभापति न्यौपानेले जानकारी गराएकी हुन्। उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण गरिएको छ।

Advertisement

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्यायपरिषद्को बैठकले सर्वोच्चको अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। आइतबार उनीहरूकाे सुनुवाइ हुने समिति सभापति न्यौपानेले जानकारी दिइन्।

शेयर गर्नुहोस:

756
Shares