मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

टेक्ससका व्यवसायी दीपेशलाई काठमाडौ जिल्ला अदालतले सफाइ दियो

टेक्ससका व्यवसायी दीपेशलाई काठमाडौ जिल्ला अदालतले सफाइ दियो


शेयर गर्नुहोस:

6.5k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- काठमाडौ जिल्ला अदालतले हुण्डी र क्रिप्टो कारोवारमा दोषी नभएको ठहर गर्दै दीपेश श्रेष्ठलाई सफाई दिएको छ । दीपेश टेक्ससका सफल व्यवसायी हुन् । अमेरिकामा स्टोर, बैंक लगायत कयौं व्यवसायमा उनका लगानी छ ।

नेपाल प्रहरीको केन्द्रय अनुसन्धान ब्युरो (सिआईबी)ले करिव डेढ वर्ष अघि हुण्डी र क्रिप्टो कारोवारमा संलग्न भएको दावी गर्दै दिपेशका दाई रुपेश श्रेष्ठ सहित १७ जना विरुद्ध मुद्दा दायर गरेको थियो । यस मुद्दामा २ अर्ब ८६ करोड रुपैंया बरावरको विगो मागिएको थियो ।

जिल्ला अदालत काठमाडौंले गत जेठ २७ गते आंशिक ठहरको फैसलामा १० जनालाई दोषी ठहर गरी कैद र जरिवाना तोकेको छ । मुख्य आरोपी रुपेशलाई २१ महिना कैद र १० लाख रुपैंइा जरिवाना तोकिएको जिल्ला अदालतका सूचना अधिकारले वताएका छन् । न्यायाधीश सुमनकुमार न्यौपानेको इजसालवाट यो फैसला भएको हो । रुपेश थुनामा वसेको १९ महिना भईसकेको छ ।

२०८० मंसिर ६ गते सिआइबीले रुपेशलाई झण्डै १ करोड रुपैंया सहित घरवाट पक्राउ गरेको थियो । त्यसवेला उनको मोबाइल र घरमा भेटिएको डायरीवाट हुन्डी र किप्टो कारोबारको संजाल भेटिएको प्रहरीको दावी थियो ।

उक्त मुद्दामा प्रतिवादी बनाईएका दीपेश श्रेष्ठ, अंशुल श्रेष्ठ र रचना शर्माले पनि सफाई पाएका छन् । अंशुल दिपेशका भान्जा र रचना भाउजु हुन् ।

अमेरिकामा व्यवसाय गरेर कमाएको पैसा नेपालमा समेत लगानी गरेका दीपेश यो मुद्दाका कारण निष्कृय जस्तो देखिएका थिए । यो मुद्दामा प्रतिवादी वनाईएका केहीलाई  सम्पत्ति शुद्धीकरण भए नभएका वारेमा भने अनुसन्धान भइरहेको सिआइवी स्रोतले जनाएको छ ।

शेयर गर्नुहोस:

6.5k
Shares