मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

विपद् पूर्वतयारीलाई तीव्रता दिँदै गृहमन्त्री लेखक

विपद् पूर्वतयारीलाई तीव्रता दिँदै गृहमन्त्री लेखक


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनयता विपद् प्रतिकार्यको पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

उनले सातवटै प्रदेश र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसँग विपद् पूर्वतयारीका विषयमा भर्चुअल बैठक गर्दै विगतको जस्तो लापरबाही नगरी सावधानीपूर्वक तयारीमा जुट्न सबैलाई निर्देशन दिए ।

Advertisement

गृहमन्त्री लेखकले जानाजान लापरबाही गर्नेलाई कारबाहीको चेतावानीसमेत दिए । गुनासो नआउने गरी काम गर्ने निर्देशन गर्दै उनले भने, ‘यस वर्ष मनसुन बढी हुने पूर्वानुमान भएकाले विपद्बाट क्षति बढी हुनसक्ने आँकलन गरिएअनुसार गम्भीर भएर क्षति कम हुन सचेत भएर लागौँ ।’

विपद् पूर्वसूचना प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री लेखकले त्यसका लागि प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गर्नुपर्ने बताए । उनले केन्द्रसँगै विपद्लाई मध्यनजर गर्दै प्रदेश र जिल्लामा ‘अप्रेसन डेस्क’ स्थापना गर्न जोड दिए ।

बैठकमा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद्‌ व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्त्वपूर्ण हुने चर्चा गर्दै सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जोड दिए ।

उनले आमनागरिकले संकटको समयमा सुरक्षा निकायलाई आशाको केन्द्रका रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न आग्रह गरे।

यसैगरी, गृहमन्त्री लेखकले पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै मुलुकभर मनसुन भित्रिने क्रम रहेकाले जनसुनजन्य विपद्बाट जनजीवन प्रभावित हुनसक्ने आँकलन भइरहेकाले पूर्वतयारीलाई तीव्रता दिएका हुन् ।

मनसुन भित्रने क्रमसँगै विपद् प्रतिकार्यका लागि मन्त्री लेखकले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै काठमाडौँस्थित नेपाल प्रहरी तथा विपद् व्यवस्थापन कार्यालय पुगेर निरीक्षण गरी आवश्यक पूर्वतयारीको बन्दोबस्तीका बारेमा जानकारी लिए ।

शेयर गर्नुहोस:

54
Shares