टेक्सस

नागरिकता खोई अभियानले अमेरिकाका विभिन्न शहरमा कार्यक्रम गर्ने

नागरिकता खोई अभियानले अमेरिकाका विभिन्न शहरमा कार्यक्रम गर्ने

शनिवार टेक्सस ड्यालसमा अन्तरकृया हुने


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- विदेशमा वस्ने नेपालीको नेपाली नागरिकताको निरन्तरताका लागि छलफल गर्न आउने शनिवार (मार्च १५ तारिख) मा टेक्सस ड्यालसमा अन्तरकृया कार्यक्रम हुने भएको छ ।

विदेशमा वस्ने नेपालीका लागि नेपालमा प्राप्त गरेको नागरिकता निरन्तरता हुन पर्छ भनेर अभियान संचालन गरिरहेको नागरिकता खोई र एनआरएनए अमेरिका टेक्सस च्याप्टरको संयुक्त पहलमा उक्त कार्यक्रम हुन लागेको हो ।

Advertisement

नागरिकता खोई अभियानले विदेशमा वस्ने नेपालीले नेपालमा हुदां पाइसकेको बंशजको नेपाली नागरिकता सधै रहनुपर्ने माग राख्दै आएको छ । यसै विषयमा अमेरिकामा नेपाली समुदायसंग छलफल गर्ने हाम्रो योजना हो नागरिकता खोई अभियानका संयोजक वासुदेव घिमिरेले भने ।

अमेरिकामा ड्यालसवाट उक्त कार्यक्रमको सुरुआत गर्न लागिएको हो । यस पछि ह्युस्टन लगायत अमेरिकाका अन्य विभिन्न शहरमा अन्तृकया हुने घिमिरेले जानकारी दिए ।

नेपाल सरकारले हाल विदेशमा त्यहांको नागरिकता लिएका नेपालीलाई गैर आवासीय नागरिकता प्रदान गर्दै आएको छ । यो नागरिकता लिई नेपाल जांदा भिषा समेत लिनुपर्ने व्यवस्थाले यसको औचित्य माथि नै प्रश्न उठिरहेको छ ।

एनआरएनए टेक्सस च्याप्टर अध्यक्ष दिपेन्द्र गुरागाईंले नागरिकताको निरतन्रता नै अहिले विदेशमा वस्ने नेपालीले उठाउनु पर्ने मुख्य मुद्दा भएको वताए । यही भएर संयुक्त रुपमा अन्तकृया गर्न लागिएको हो उनले भने ।

एनआरएन नागरिकता लिने नेपालीलाई अधिकार दिने सवालमा तेस्रो दर्जाको नेपाली वनाईएको छ । राजनीतिक अधिकारी दिईएको छैन । यस वाहेक आर्थिक अधिकारमा पनि केही वन्देजहरु लगाईएको छ ।

एनआरएन नागरिकता होइन अव वंशजको नागरिकता नै निरन्तरता हुनुपर्छ भनेर नागरिकता खोई अभियानले विभिन्न पहल गरिरहेको छ । वंशजको नागरिकता निरन्तरताले आउने केही बर्ष भित्र हज्जारौं नेपाली नेपाल फर्किने दावी अभियानको छ । यसरी फर्किने नेपालीले पैसा र सिप दुवै लिएर जाने छन् घिमिरेले भने यसले नेपालको अर्थतन्त्रलाई बलियो वनाउने छ ।

केही महिना अघि नेपालका विभिन्न राजनीतिक पार्टीका नेतालाई भेटेर वंशजको नागरिकताको निरन्तरता हुदां देशलाई हुने फाइदाको वारेमा जानकारी दिईरहेको छ । वंशजको नागरिकताको निरन्तरता विदेशमा रहेका नेपालीको भन्दा पनि नेपालको आवश्यकता हो घिमिरेले भने हामीले कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा लगायतका पार्टीका नेताहरुलाई यही वुझाउने प्रयास गरिरहेका छौं ।

अव हाम्रो यो अभियानको विषय संसद भित्र समेत प्रवेश पाएको छ घिमिरे भने विदेशमा वस्ने सवै नेपालीले एक जुट भएर कुरा उठाउने हो भने हामी सार्थक नतिजा प्राप्त गर्न सक्छौं भन्ने मलाई लाग्छ ।

यो अभियान अन्तर्गत कांग्रेस नेता शेखर कोइरला, विश्वप्रकास शर्मा, एमालेका वरिष्ठ नेताहरुलाई घिमिरेले नागरिकता खोई अभियानको विषयमा जानकारी गराएका थिए ।

अमेरिकाका विभिन्न शहरमा हुने कार्यक्रम र त्यहां वस्ने नेपाली समुदायको सहयोगले यो अभियानलाई अझ शसक्त र प्रभावकारी वनाउने छ घिमिरेले भने ।

मार्च दोस्रो साता ड्यालसबाट सुरु हुने कार्यक्रम अमेरिकाका बिभिन्न शहरहरुमा हुनेछन् । अभियानले मार्च १५ मा ड्यालस , मार्च १६ मा ह्युस्टन र मार्च २२ मा लसएन्जलसमा अन्तरक्रिया कार्यक्रमको तयारी गरेको जानकारी दिएको छ । अन्य स्थानको कार्यक्रमको मिति भने केही समयपछि तोकिने जनाइएको छ ।

शेयर गर्नुहोस:

1.8k
Shares