मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
राजनीति-समाज   

अबको चुनावमा घोषणापत्र होइन, परिणाम पत्र लिएर जानुपर्छ : महामन्त्री थापा

अबको चुनावमा घोषणापत्र होइन, परिणाम पत्र लिएर जानुपर्छ : महामन्त्री थापा


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा घोषणापत्र नभई परिणाम पत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका छन् । पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी कसैले पनि अर्को चुनावमा घोषणापत्र होइन, परिणाम पत्र लिएर जाने हो,’ सम्बोधनको क्रममा थापाले भने, ‘यो पाँच वर्षमा यो यो काम भयो भनेर रिपोर्ट कार्ड लिएर जाने हो ।’

Advertisement

रिपोर्ट कार्ड बोकेर मतदातासमक्ष पुग्दा काँग्रेसलाई मत नहाल्नेहरूले पनि महसुस गर्ने उनले जिकिर गरे । ‘त्यसको आधारमा काँग्रेसलाई मत नदिएर यहाँ गल्ती भएछ भनेर यहाँको मतदाताले महसुस गर्छ गर्छ,’ थापाले भने ।

साथै, उनले कुनै पनि सार्वजनिक स्थानमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध भएको बताए ।

‘जो व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पैसा पनि आफ्नो लागि खर्च गर्छ, त्यो भन्दा ठूलो अपराध केही होइन,’ महामन्त्री थापाले भने ।

शेयर गर्नुहोस:

189
Shares