मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

वर्तमान सरकारले जनतामा आशा जागेको छ : उपमहासचिव ज्ञवाली

वर्तमान सरकारले जनतामा आशा जागेको छ : उपमहासचिव ज्ञवाली


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले नागरिकमा आशा र भरोसा जगाएको बताएका छन् ।

देशले छोटो समयमा धेरै उपलब्धि हासिल गरेको उल्लेख गदै उनले देशमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकारले महत्त्वपूर्ण काम गरेको बताए ।

Advertisement

प्रेस चौतारी नेपालले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले दुई ठूला पार्टी जुन उद्देश्यका साथ सरकारमा आएका छन्, त्यो उद्देश्य पूरा गर्ने काममा लागिपरेको बताए । उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा केही विपक्षी दलका नेताले चरम निराशाको खेती गरेर देशलाई राजनैतिक अस्थिरतातर्फ लैजान खोजेको आरोप लगाए ।

उनले सरकारबाट बाहिरिएपछि केही नेताले हतास, आवेग र कुण्ठामा जनतामा यस्ता निराशाका भाष्य निर्माण गर्ने काममा उद्यत बनेको टिप्पणी गरे । उनले बिग्रिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्न, ओरालो लागेको देशको अर्थतन्त्रलाई माथि उकास्न, देशमा सुशासन कायम गर्र्दै मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान सरकार गठनको आवश्यकता परेको बताए ।

उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीहरुले सरकारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गएको बताए ।

डेढ वर्षसम्मको अस्थिर राजनीतिक अवस्थालाई राजनीतिक स्थायित्व सिर्जना गर्ने, अर्थतन्त्रलाई गतिशील बनाउने र जनतामा देखिएको निराशाको बादललाई हटाउँदै लोकतन्त्रप्रति जनतामा भरोसा जगाउने काममा सरकार क्रियाशील बनेर लागेको नेता ज्ञवालीले बताए ।

शेयर गर्नुहोस:

54
Shares