मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ : अर्थमन्त्री

सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ : अर्थमन्त्री


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले दबाबमा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन केही सफलता हासिल भएको र थप उपलब्धिका लागि सरकार प्रयत्नशील रहेको बताए ।

Advertisement

उपप्रधानमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनाबाट सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकार अघि बढिरहेको स्पष्ट पारे ।

‘वर्तमान सरकार औसत काम गरेर दिन बिताउने पक्षमा छैन, समस्याका चाङ पन्छाएर छोटो अवधिमै दूरगामी महत्वका उपलब्धि आर्जन गर्न चाहन्छ’, उपप्रधानमन्त्री पौडेलले भने, ‘निराशालाई आशामा बदल्न सरकारले नीतिगत तथा कानुनी सुधार गरिरहेको छ ।’

सरकारको तीव्र आर्थिक विकासको योजनालाई साकार बनाउन राष्ट्रिय वाणिज्य बैङ्कको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले तरलतालाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृष्टीमा परिचालित गर्न निर्देशन दिए ।

सरकार परिणाममुखी कामका लागि तीव्र गतिमा काम गर्न चाहन्छ भन्ने यसअघिका कामकारबाही र निर्णयबाट पुष्टि भइसकेको जनाउँदै उनले गुणस्तरीय सेवा प्रवाह र सुशासन, विदेशी लगानीलाई प्रोत्साहन गर्न अध्यादेशमार्फत ३२ कानुन संशोधन गरिएको स्पष्ट पारे ।

शेयर गर्नुहोस:

135
Shares