मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

सन् २०२४ मा १० हजार विदेशी पर्यटकले घुमे मनास्लु क्षेत्र

सन् २०२४ मा १० हजार विदेशी पर्यटकले घुमे मनास्लु क्षेत्र


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटकले घुमघाम गरेका छन्।

मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार ६०५ जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत भुवनराज ओझाले जानकारी दिए। अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार ४२८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको ओझाले बताए।

Advertisement

अघिल्लो वर्ष नौ हजार १७७ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए। “गत वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन्,” उनले भने।

मनास्लु क्षेत्र पुग्ने पर्यटकमध्ये सार्क राष्ट्रभन्दा तेस्रो मुलुकका बढी रहेको ओझाको भनाइ छ। सन् २०२४ मा फ्रान्सबाट सबैभन्दा धेरै एक हजार ३३५ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए।

त्यस्तै, जर्मनीका एक हजार १८१ र अमेरिकाका ७९६ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए। सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै १५९ पर्यटकले मनास्लु पदयात्रा गरेका छन्।

मनास्लु पदमार्गमा जाने पर्यटक नुब्री भ्यालीतर्फ कुल्छुमन ९काल० ताल, मनास्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास भएर मनाङ पुग्न गरेका छन्।

त्यस्तै, चुमभ्यालीतर्फ श्रृंगी हिमाल, राजेन गुम्बा लगायतको अवलोकन गर्न सकिन्छ। मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यसँगै हिउँ चितुवा, नाउर, घोरल, डाँफे, मुनाल, चौंरी पनि देख्न सकिन्छ।

शेयर गर्नुहोस:

27
Shares