मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुवैमा सङ्घर्ष गर्छ : जेलेन्स्की

युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुवैमा सङ्घर्ष गर्छ : जेलेन्स्की


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका विषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने बताएका छन्।

उनको सम्बोधनबाट यो बुझ्न सकिन्छ कि युद्धग्रस्त युक्रेनका लागि यो वर्ष निकै कठिन वर्ष हो, जसले करिब तीन वर्षदेखि राम्रो स्रोत साधन भएको रूसी सेनासँग लडिरहेको छ।

Advertisement

एएफपीको एक विश्लेषणअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा रूसले सात गुणा बढी युक्रेनी भूभागमा अतिक्रमण गरेको छ। सन् २०२५ को मध्यतिर रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको बागडोर सम्हाल्दा अमेरिकी सैन्य तथा राजनीतिक समर्थनमा कमी आउने सम्भावना छ।

“आगामी वर्षमा हरेक दिन युक्रेन कमजोर छैन भनी प्रमाणित गर्न हामी सबैले युक्रेनको पक्षमा आ–आफ्नो स्थानबाट युद्धभूमि र वार्ताको टेबुल दुवैमा लड्नुपर्छ किनकि केवल यस्तो यूक्रेनले मात्र सम्मान पाउँछ र उसको आवाज सुनिन्छ,” जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै भने।

“सन् २०२५ हाम्रो वर्ष होस्। यूक्रेनको बर्ष। हामी जान्दछौं हामीलाई उपहारको रूपमा कि शान्ति दिइनेछैन, तर हामी रूसलाई रोक्न र युद्ध अन्त्य गर्न सबै कुरा गर्नेछौँ। हामी सबै यही चाहन्छौँ,” उनले थपे।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले जनवरीमा ट्रम्पले कार्यभार सम्हाल्नुअघि किएभलाई समर्थन गर्ने होडमा युक्रेनका लागि करिब छ अर्ब अमेरिकी डलरको सैन्य र बजेट सहायताको घोषणा गरेको छ।

रिपब्लिकन पार्टीका नेता ट्रम्पले आफू सत्तामा आएपछि ‘२४ घण्टाभित्र’ द्वन्द्व अन्त्य गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको उक्त भनाइले युक्रेनमा शान्तिको लागि क्रेमलिनले हाल नियन्त्रणमा लिएको सबै भूमि त्याग्न बाध्य हुने सम्भावना बढेको छ।

जेलेन्स्कीले भने, “नयाँ अमेरिकी राष्ट्रपति युक्रेनमा शान्ति हासिल गर्न र पुटिनको आक्रामकता अन्त्य गर्न इच्छुक र सक्षम हुनुहुन्छ भन्नेमा मलाई कुनै शङ्का छैन।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको पूर्वसन्ध्यामा मङ्गलबार सम्बोधन गर्दै युक्रेनमा भएको युद्धको स्पष्ट उल्लेख नगरे पनि रुसी सैनिकको ‘साहस र बहादुरी’को प्रशंसा गरेका छन्। एएफपी

शेयर गर्नुहोस:

216
Shares