मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

स्वस्थ शरीरका लागि खेलकुद महत्त्वपूर्ण हुन्छ : सभापति देउवा

स्वस्थ शरीरका लागि खेलकुद महत्त्वपूर्ण हुन्छ : सभापति देउवा


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्त्वपूर्ण भएको बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय समितिद्वारा आज आयोजित प्रजातन्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले भने, “स्वस्थ शरीरमा स्वस्थ दिमाग चाहिन्छ भने जस्तै स्वस्थ शरीरका लागि पनि खेलकुदको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ।”

सभापति देउवाले खेलकुद क्षेत्रमा युवा खेलाडीको बाहुल्यता धेरै हुने हुँदा उनीहरूको वृत्ति विकासमा खेल र व्यायामको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे। युवा र खेलकुदका विषयलाई पार्टीले प्राथमिकतामा राखेको उनको भनाइ थियो। सभापति देउवाले देशको विभिन्न ठाउँमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिए।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले देशका लागि पसिना बगाउने खेलाडीका परिवारको शिक्षामा सहयोग गर्न आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्नेबारे छलफल भइरहेको बताए। खेलमा अनुशासनको महत्त्व सबैभन्दा बढी हुने उल्लेख गर्दै उनले खेलकुदको नियम नमान्ने जुनसुकै खेल संघलाई कारबाही गर्ने बताए।

कार्यक्रममा काँग्रेस नेता एवं नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय समितिका संयोजक मोहनबहादुर बस्नेतले संघको महाधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने तयारीमा जुट्न आग्रह गरे। उनले ‘सभापति कप फुटबल प्रतियोगिता’को आयोजना गर्ने विषयमा छलफल भइरहेको जानकारी गराए।

नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुद क्षेत्रमा रहेका विकृति र बिसंगतीलाई रोक्न संघ ले आवश्यक भूमिका निर्वाह गर्ने बताए। उक्त कार्यक्रममा काँग्रेसका नेताहरू, संघका जिल्ला अध्यक्ष एवं विभिन्न खेलकुद संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।

शेयर गर्नुहोस:

297
Shares