मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

सुदूरपश्चिमले कर्णालीलाई हरायो, प्लेअफको समीकरण पूरा

सुदूरपश्चिमले कर्णालीलाई हरायो, प्लेअफको समीकरण पूरा

हिमालय खबर

शेयर गर्नुहोस:

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान ३८र३८ रन बनाए ।

यस्तै, सैफ जैबले ११, विनोद भण्डारी र आरिफ सेखले समान ४र४ रन बनाउँदा ब्राण्डोन म्याकमुलेनले तीन रन जोडे । सुदूरपश्चिमले अतिरिक्त ७ रन प्राप्त गर्यो । बलिङतर्फ कर्णालीको लागि कप्तान सोमपाल कामी, विपीन शर्मा र नन्दन यादवले समान एकरएक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा दश विकेट गुमाएर एक सय एक रन बनाएको थियो ।

कर्णालीका लागि जिशान मकसूदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौकाको मद्दतले ३० रन बनाएका हुन् । विलियम बोसिस्टोले १६, बाबर हयातले १३, कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११र११ रन बनाए ।

यस्तै, कर्णालीको लागि देव खनालले ७, अर्जुन घर्तीले अविजित रहँदै ३ र गुलसन झाले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ८ रन प्राप्त गर्‍यो ।
बलिङतर्फ सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई/दुई विकेट लिँदा सैफ जैबले एक विकेट हात पारेका थिए ।

प्लेअफको समीकरण पूरा

एनपिएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो । काठमाडौँ गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् ।

एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ ।