मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

English News   
अन्तर्राष्ट्रिय   
खेलकुद   
ग्लोबल   
घुमफिर   
जो चर्चामा रहे   
पत्रपत्रिकाबाट   
प्रेस विज्ञप्ती / सूचना पाटी   
बिजनेस/ इकोनोमी   
मनोरञ्जन   
मुख्य समाचार   
साहित्य / कला   

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रसेल्स । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)का प्रमुख मार्क रूटबीच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’बारे छलफल भएको छ ।

नेटोका फराह दखुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार पाम बीचमा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीच बैठक भएको हो ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले आक्रामक रूपमा युरोपलाई रक्षा खर्च बढाउन दबाब दिनुभएको थियो भने नेटोको निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।

गत नोभेम्बर ५ मा ट्रम्प निर्वाचित भएको दुई दिनपछि नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री रूटले उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप प्रगाढ हुने खतराबारे छलफल गर्न चाहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपतिमा पुनरागमनका लागि ट्रम्पको शानदार विजयले युरोपमा युक्रेनका लागि वासिङ्टनको महत्वपूर्ण सैन्य सहायतामा रोक लगाउन सक्ने चिन्ता जगाएको छ।

नेटोका सहयोगीहरूले मस्कोविरुद्धको लडाइँमा किएभलाई राख्नु युरोपेली र अमेरिकी दुवै सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

बुडापेस्टमा हालै आयोजित युरोपेली नेताहरूको बैठकमा रूटले भने, “उत्तर कोरिया, इरान, चीन र निश्चितरूपमा रुसले युक्रेनविरुद्ध मिलेर काम गरिरहेका हामीले देखेका छौँ ।”

उनले भने, “रूसले उत्तर कोरियाबाट सेनालाई ल्याई प्रयोग गरी प्योङयाङलाई टेक्नोलोजी सहयोग गर्दैछ र यसबाट अमेरिका र युरोपको मुख्य भूमिमा खतरा भएकोबारे उहाँले ट्रम्पसँग छलफल गर्नुभएको छ ।” एएफपी