मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

‘घूस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’

‘घूस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

नयाँदिल्ली । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ ।

कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अदानी समूहका अध्यक्षसमेत रहेका अदानीले र उनको समूहलाई आरोपले क्षणिकरूपमा क्षति पुर्‍याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकहरूले बताएका छन् ।

Advertisement

अदानी र उनका सहयोगीहरूले आकर्षक सरकारी सम्झौताका लागि २५ करोड अमेरिकी डलरभन्दा बढी घूस दिएको दाबी गर्दै न्युयोर्कमा बुधबार भएको दोषारोपणले उनको कम्पनीको स्टकको उन्मादपूर्ण बिक्रीलाई प्रभावित पारेको छ ।

न्यूयोर्कमा घूस दिएको दाबी गरिएको केही घन्टाभित्रै भारतका विपक्षी नेता राहुल गान्धीले अदानीलाई पक्राउ गर्न माग गरेका थिए । आरोपपछि केन्याका राष्ट्रपति विलियम रुटोले करिब २।५ अर्ब अमेरिकी डलरबराबरको विमानस्थल र बिजुली सम्झौता रद्द गरेको घोषणा गरेका छन् ।

अदानी समूहले घूसखोरीको आरोपलाई ‘आधारहीन’ भन्दै खारेज गरेको छ तर ‘कर्पोरेट गभर्नेन्स एडभाइजरी फर्म इनगभर्न रिसर्च सर्भिसेज’का संस्थापक श्रीराम सुब्रमण्यमले भने यसको ‘ठूलो’ प्रभाव रहेको बताएका छन् ।

सुब्रमण्यनले बैङ्लोरबाट एएफपीसँग भने, “उनीहरूले अपिल गरेर आफ्नो रक्षा गर्नेछन्, वा नयाँ सम्झौताका लागि जानेछन्।” उनले भने, “यो आफूहरूको प्रतिष्ठा र कर्पोरेट गभर्नेन्स अभ्यासका लागि ठूलो धक्का हो।” एएफपी

शेयर गर्नुहोस:

81
Shares