मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
राजनीति-समाज   

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री ओली

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री ओली


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पारेका छन् ।

नेकपा (एमाले)का काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली काङ्ग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताएका हुन् ।

Advertisement

आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडने जनाउँदै कागले कान लग्यो भन्दैमा कागका पछिपछि आकाशतर्फ हेरेर कागका पछि पछि दौडन आवश्यक नरहेको उनको भनाइ छ ।

“आफैँ सरकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारको ठगी सैह्य हुँदैन । नेपाली जनता आफ्नो अंश संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्पलाई पूूरा गर्न अघि बढ्नेछ । नेपाली जनता भ्रममा पर्दैननन् ।’’, प्रधानमन्त्री ओलीले भने, “अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरुले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिरहेका छन् । यसमा हामी सचेत रहनुपर्छ । हाम्रा लागि देश र जनता प्रमुख कुरा हो । त्यसमा हामी दृढ तथा एकताबद्ध भएर लाग्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनेकाहरूले आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट गदै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिए ।

अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरत्साहित गर्न लाग्ने बताए ।

बैङ्कको ऋण तिर्नु पर्दैन भन्नेहरुले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उनले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर विजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गरे ।

शेयर गर्नुहोस:

324
Shares