मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत छ : उपप्रधानमन्त्री सिंह

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत छ : उपप्रधानमन्त्री सिंह


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्ने बताएका छन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी एवं ‘श्रमिक विमर्श’ पुस्तक विमोचन कार्यक्रममा उनले समयको आवश्यकता एवं जनतालाई राहत दिनका लागि वर्तमान सरकार निर्माण भएको बताए।

Advertisement

उनले भने, ‘समयको आवश्यकता र जनतालाई राहत दिन वर्तमान सरकार गठन भएको हो, यो सरकार अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने छ ।’

यसैगरी उनले नेपाली कांग्रेसको नेतृत्वमा वर्तमान नयाँ संविधान जारी भएको बताए। जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने उनको भनाइ थियो। तीन तहका सरकारले अधिकार सम्पन्न भएर काम गरे संविधान संशोधनको अवस्था नआउने उनको जिकिर छ।

उनले भने, समयको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ, तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए हामी यो अवस्था पुग्दैनथ्यौ कि भन्ने मलाई लागिरहेको छ ।’

यसैगरी, उपप्रधानमन्त्री सिंहले कांग्रेस र एमाले मिलेर सरकार बनेको र यो सरकार जनताको चाहनाअनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नका लागि बनेको जिकिर गरे ।

शेयर गर्नुहोस:

135
Shares