मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   
बिजनेस/ इकोनोमी   

ड्यालसबाट नेपाल जान अप्रिलदेखि क्याथे प्यासिफिक

ड्यालसबाट नेपाल जान अप्रिलदेखि क्याथे प्यासिफिक

हिमालय खबर

शेयर गर्नुहोस:

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । टेक्ससबाट नेपाल जानका लागि आउँदो वैशाख अर्थात् अप्रिलदेखि नयाँ रुटमा विमान सेवा सुरू हुन लागेको छ ।

टेक्ससको ड्यालस फोर्टवर्थ (डिएफडब्लु) इन्टरनेसल एअरपोर्टबाट क्याथे प्यासिफिकले आउँदो अप्रिल २४ देखि सेवा सुरू गर्ने घोषणा गरेको छ । क्याथे प्यासिफक हङ्गकङ्गको ठूलो विमान सेवा कम्पनी हो । क्याथेले डिएफडब्लु हङ्गकङ्ग रुटमा साताको चार दिन उडान सुरू गर्दैछ ।

क्याथेले हङ्गकङ्ग काठमाडौँ रुटमा हप्ताको तीन दिन उडान गर्दै आएको छ । ड्यालसबाट नेपाल जानका लागि यो नयाँ रुट हुने यसबाट अहिले अचाक्लि महँगो रहेको हवाई भाडासमेत केही सस्तो हुने अपेक्षा नेपालीहरुको छ ।

अमेरिकाबाट नेपाल जाँदा कम्तीमा एउटा ट्रान्जिट पर्छ । कतिपय सस्तो उडानमा दुई, तीनवटासम्म ट्रान्जिट पर्छ । एउटा मात्र ट्रान्जिट पर्नेगरी कतार, इमिरेट्स, कोरियन एअरका उडानहरु डिएफडब्लुबाट छन् । क्याथेले अप्रिलदेखि उडान सुरू गरेपछि हङ्गकङ्ग घुम्दै जान चाहने नेपालीका लागि अर्को अवसर हुनेछ ।

डिएफडब्लु एअरपोर्ट संसारमै तेस्रो व्यस्त विमानस्थल हो । अमेरिकाकै जर्जियाको एटलान्टा, दुबईपछि डिएफडब्लु संसारमै व्यस्त विमानस्थल हो । सन् २०२३ मा डिएफडब्लुबाट ८ करोड १८ लाख यात्रुहरुले उडान गरेका थिए ।

सन् १९७४ मा खुलेको डिएफडब्लु एअरपोर्टले ५० वर्ष पार गरेको छ । अहिले पाँचवटा टर्मिनल रहेका एअरपोर्टमा ९ अर्ब डलरको लागतमा टर्मिनल सी लाई बृहत् रुपमा परिमार्जन गर्दैछ ।