मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको अमेरिकाको दाबी

कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको अमेरिकाको दाबी


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

गाजापट्टी, प्यालेस्टिनी क्षेत्र । संयुक्त राज्य अमेरिकाले शुक्रबार इजिप्टको सीमामा इजरायली सेनाको उपस्थिति प्रमुख अवरोधका रुपमा देखापरेपछि गाजा युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको जनाएको छ ।

“युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको छ। अब दुवै पक्ष एकजुट भएर सम्झौता कार्यान्वयन गर्न आवश्यक छ“, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए ।

Advertisement

युद्धविरामका लागि जारी कूटनीतिक पहल असफल भएको हल्ला गलत रहेको र बिहीबारबाट सुरू भएको प्रारम्भिक वार्ता रचनात्मक प्रकृतिको भएको उनले बताए ।

एक इजिप्टियन स्रोतले इजिप्ट र कतारी गुप्तचर प्रमुखहरूले पनि वार्तामा भाग लिइरहेको एएफपीलाई जानकारी दिएको छ ।

“आइतबारदेखि सुरू हुने विस्तृत चरणको वार्ताको तयारीका लागि मध्यस्थकर्ताबीच कायरोमा छलफल भइरहेको छ”, स्रोतले भन्यो । “वासिङ्टनले मध्यस्थकर्तासँग इजरायल र हमासबीचको अन्तर कम गर्न र योजना कार्यान्वयन गर्ने संयन्त्रका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको छ।”

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी र कतारी अमिर शेख तमीम बिन हमद अल–थानीसँग टेलिफोनमा आगामी वार्ताका बारेमा छलफल गरेका थिए ।

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न महिनौँदेखि पहल गरिरहेका छन् । एएफपी

शेयर गर्नुहोस:

135
Shares