मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिश्व घटना   

ह्यारिसद्वारा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता

ह्यारिसद्वारा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

सिकागो । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार राति सिकागोको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता गरेकी छन् । यो उनको उम्मेदवारीका लागि पार्टीमा औपचारिक स्वीकृति हो ।

अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन स्वीकार गर्दै डेमोक्र्याट्सको तर्फबाट अमेरिकाको नेतृत्व गर्ने पहिलो अश्वेत महिला उम्मेदवार ह्यारिसले सम्मेलनलाई सम्बोधन गरेकी थिइन् ।

Advertisement

चुनावसँगै राष्ट्रसँग विगतको वैमन्सयता तथा विभाजनकारी लडाइँहरू पार गर्ने बहुमूल्य, अवसर रहेको भन्दै उनले आफ्नो उम्मेदवारी कुनै एउटा पार्टी वा समूहको रूपमा मात्र नभई अमेरिकाको तर्फबाट भएको बताइन् ।

सम्बोधनमा ह्यारिसले भारतीय र अफ्रिकी मूलको प्रतिनिधिको रुपमा क्यालिफोर्नियाको महान्यायाधिवक्ता भई काम गरेको अनुभवलाईसमेत दर्शाएकी थिइन् ।

सम्बोधनमा ह्यारिसले मध्यम वर्गको निर्माण आफ्नो राष्ट्रपतीय यात्राको प्रमुख लक्ष्य हुने बताउँदै गर्भपतन अधिकार, आप्रवासन नीति र विदेश नीतिलगायत अन्य विषयहरूमा पनि विस्तृतरूपमा व्याख्या गरिन् ।

ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यनीतिमाथि टिप्पणी गर्दै ट्रम्पलाई ह्वाइट हाउसमा फिर्ता राख्ने परिणाम ‘अत्यन्त गम्भीर’ हुने चेतावनी दिइन् ।

सामाजिक सञ्जालमा रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले ह्यारिसको भाषणको आलोचना गर्दै उनी पुराना ‘अक्षमता’ र ‘कमजोरी’लाई लुकाउनका लागि उभिएको बताएकी थिइन् । सिन्ह्वा

शेयर गर्नुहोस:

324
Shares