मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
बिश्व घटना   

ह्यारिसलाई हराउन बाइडेनभन्दा सजिलो रहेको ट्रम्पको दाबी

ह्यारिसलाई हराउन बाइडेनभन्दा सजिलो रहेको ट्रम्पको दाबी


शेयर गर्नुहोस:

972
Shares

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई हराउन बाइडेनभन्दा सजिलो भएको टिप्पणी गरेका छन् । ट्रम्पले कमला ह्यारिसलाई कट्टरपन्थी भन्दै खिल्ली समेत उडाएका छन् ।

अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच प्रत्यक्ष प्रतिस्पर्धा छ ।

Advertisement

डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन पनि सोमबारदेखि सिकागोमा सुरू हुँदैछ । यस महाधिवेशनमा कमला ह्यारिस औपचारिकरूपमा पार्टीको राष्ट्रपतिको उम्मेदवारमा निर्वाचित हुनेछन् ।

ट्रम्पले आफू कमलाभन्दा सुन्दर रहेको दाबी गर्दै टाइम म्यागेजिनमा प्रकाशित कमला ह्यारिसको स्केचलाई लिएर अभिव्यक्ति दिएका छन् । म्यागजिनले कमला ह्यारिसका धेरै तस्बिर खिचे तर काम नभएकाले स्केच बनाउनुपरेको ट्रम्पले बताए ।

डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसको र्‍यालीमा ठूलो भीड नभएको दाबी गर्दै र्‍यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको दाबी गरे ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।

अर्कोतर्फ अमेरिकी अर्थतन्त्रको सन्दर्भमा ट्रम्पभन्दा कमला ह्यारिसमाथि धेरै मानिसको विश्वास छ । फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिसिगनले गरेको सर्वेक्षणले ४२ प्रतिशत मतदाताले ह्यारिसलाई आर्थिक मामिलामा विश्वास गरेको पाइएको छ, जबकि ट्रम्पलाई ४१ प्रतिशतले विश्वास गरेका छन् ।

अचम्मको कुरा के छ भने जुलाईमा पनि ट्रम्प ४१ प्रतिशतमा थिए भने बाइडेन ३५ प्रतिशतमा थिए । एजेन्सी

शेयर गर्नुहोस:

972
Shares