मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

गत आर्थिक वर्षमा चौध खर्ब ४५ अर्ब विप्रेषण स्वदेश भित्रियो

गत आर्थिक वर्षमा चौध खर्ब ४५ अर्ब विप्रेषण स्वदेश भित्रियो

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा रु १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । आव २०७९/८० मा यस्तो आप्रवाह १३ दशमलव नौ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार एक सय तीन र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार सात सय चार र दुई हजार ७७ हजार दुई सय ७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४ दशमलव सात प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो ।