बिश्व घटना

बंगलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

बंगलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

ढाका । पूर्वप्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बंगलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

देशको राजधानी ढाकाको उत्तरमा रहेको दुवै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक श्रृङ्खला हो । आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए ।

Advertisement

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए । कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरुको मृत्यु भएको फताहले बताएका छन् । ‘कैदीहरुको अराजक गतिविधिले हामी गोली चलाउन बाध्य भएका हौँ’, उनले भने ।

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगलबार कैदीहरु भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए ।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए । झडपका क्रममा उक्त जेलबाट करिब दुई सय कैदीहरू भागेको उनले उल्लेख गरे । हसिना सरकारविरूद्ध विरोध प्रदर्शन सुरू भएदेखि बङ्लादेशभर कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन् ।

पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सयभन्दा बढी कैदीहरू भागेका थिए । एएफपी