बिश्व घटना

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font

ढाका । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् । नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् ।

मंगलबार राति राष्ट्रपति र आरक्षणविरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रिबुनले उल्लेख गरेको छ ।

Advertisement

यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद् भङ्ग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए । ८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबीविरोधी अभियान सञ्चालान गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । एजेन्सी