बिश्व घटना

विपक्षी नेतृ खालिदा जिया रिहा हुँदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी

विपक्षी नेतृ खालिदा जिया रिहा हुँदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् ।

बंगलादेशका राष्ट्रपति मोहमद शहविद्दिनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Advertisement

७८ वर्षीया जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन् ।

यसैबीच, नोबेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी सुरू भएको बताइएको छ ।

आरक्षणविरोधी अभियानका संयोजक नाहिद इस्लामले युनुसको नेतृत्वमा अन्तरिम सरकारको रुपरेखा तयार भइरहेको बताएका छन् । युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबीविरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा रहेकी शेख हसिना भने अहिलेसम्म भारतमै रहेकी छन् भने उनी लन्डन जानसक्ने बताइएको छ । एजेन्सी