मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मुख्य समाचार   

गीत विवादित बनेपछि गायिका शान्तिश्रीले मागिन् माफी

गीत विवादित बनेपछि गायिका शान्तिश्रीले मागिन् माफी

हिमालय खबर

शेयर गर्नुहोस:

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियारले गाएको एउटा गीत केही दिनदेखि विवादित छ । दर्शक तथा स्रोताबाट उक्त गीतलाई लिएर नै आलोचना गर्न थालेपछि शान्तिश्री परियारले क्षमा याचना गरेकी छन् । हरि गिरी ‘विमर्शी’सँग गाएको बिस्तराले पोल्यो’ बोलको गीतको शब्द र भिडियो असान्दर्भिक भएको भन्दै दर्शक तथा स्रोतामात्रै नभई कलाकारहरुले नै उक्त गीतमाथि आलोचना गरेका छन् ।

गायिका परियारले हिँड्दै जाँदा कहिलेकाहीँ ठेस लाग्ने बताउँदै आगामी दिनमा गीत गाउँदा शब्द हेरेरमात्रै गाउने वाचासमेत गरेकी छन् । १४ वर्षे गायन यात्रामा करिब दुई हजार गीत गाइसकेको बताउँदै उनले विज्ञप्तिमार्फत भनेकी छन्, ‘सामाजिक सञ्जालहरुबाट नकारात्मक टिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य भएको नाताले प्रतिष्ठान र शुभचिन्तकहरुप्रति आँच पुगेको आभास भएको हुँदा म क्षमाप्रार्थी छु ।’

शान्तिश्री परियारको गीतप्रति लक्षित गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्बर ‘विरही’ गुरूङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका छन् । गुरूङले ‘खै के खै के, गीत छाडा हो कि मान्छे छाडा, बुझ्न गाह्रो’ । उनले दोस्रो स्टाटसमा ‘पहिलो कुरो त तीज गीत पुरूषले गाउनु नै विकृति हो, अन्य त झन्…’ लेखेका छन् ।

लोक तथा दोहोरी गायक कृष्ण देवकोटाले समेत सामाजिक सञ्जालमार्फत नै गीत–संगीतको नाममा समाज भड्काउने गतिविधि नगर्न सचेत गराएका छन् । पछिल्लो समय अमेरिका बस्दै आएका गायक तथा सर्जक देवकोटाले भनेका छन्, ‘स्टेज उफार्न छाडा तीज गीत नै चाहिने हो ?’

हरि गिरी ‘विमर्शी’को शब्द तथा संगीतमा तयार भएको गीतको शब्द र दृश्य तीज पर्वको मर्मविपरीत भएको भन्दै चर्को आलोचना भएको हो । उक्त गीतको भिडियो भने रामजी लामिछानेले निर्देशन गरेका हुन् भने भिडियोमा सञ्चिता बोलखे र रमेश विश्वकर्माले अभिनय गरेका छन् ।