मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल

निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको भेटघाटमा उनले स्वास्थ्य क्षेत्र सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए ।

स्वास्थ्यमन्त्री पौडेलले एकीकृत ढङ्गबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिए । “कतिपय प्रदेश र स्थानीय तहले फरक—फरक ढङ्गले काम गरिरहेका छन्, यसरी स्वास्थ्य क्षेत्र सुधार हुँदैन । तीन तहको समन्वयबाट मात्र स्वास्थ्य क्षेत्रको सुधार गर्न सकिन्छ । त्यसैले समन्वयका साथ एकीकृत रूपमा अगाढि बढ्नुपर्छ”, उनले भने ।

आधारभूत स्वास्थ्यलाई निःशुल्क गराउनतर्फ आफ्नो ध्यान केन्द्रित भएको भन्दै मन्त्री पौडेलले अन्य रोगको उपचारको स्वास्थ्य बीमाबाट गर्ने गरी सबैलाई यसको दायरामा लाइने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य सेवाको सुधार मन्त्रालयले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेकोमा उनको जोड थियो ।

उनले भने,“आधारभूत स्वास्थ निःशुल्क गर्न र अन्य रोगको उपचार बीमाको दायरामा ल्याउनुपर्ने आवश्यकता छ । यसका अतिरिक्त स्वास्थ्य सेवा प्रभावकारी बनाउन र दक्ष जनशक्तिको प्रयोग कसरी गर्न सकिन्छ भनेर लागिरहेको छु । यसमा सबैको सहयोग आवश्यक छ ।”

कार्यक्रममा स्वास्थ्य पत्रकारहरूले जनताले अनुभूति गर्ने गरी काम गर्न मन्त्री पौडेललाई सुझाव दिएका थिए । मञ्चका अध्यक्ष सरोज ढुङ्गेल, पत्रकार प्रविण ढकाल, रामप्रसाद न्यौपाने, भीसा काफ्लेलगायतले जनतालाई उपचार सेवालाई प्रभावकारी बनाउन, स्वास्थ्यमा देखिएका अनियमिता हटाउनुपर्ने सुझाव दिएका थिए ।