मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य / कला   

लिलामीमा मान्छे

लिलामीमा मान्छे

- राजेश ढुंगाना

हिमालय खबर

शेयर गर्नुहोस:

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

—राजेश ढुंगाना


अहिलेसम्मको
मानव सभ्यताको उचाइमा
एउटा
नयाँ इँट्टा थप्ने
नयाँ यात्रा प्रारम्भ गर्न
स्वयम्
मानव सभ्यतालाई
लिलामीमा राखिरहेछु यतिबेला

मानव सभ्यताको
टाकुरामा उभिएर
चिच्याइ–चिच्याइ
मान्छे बिक्रीको
ग्राहक खाजिरहेछु
बिक्रीमा छ मान्छे
नगद नभए उधारोमै सही
मैले
मान्छेको
मानव सभ्यताको
भार थेग्न नसकेर
मान्छे किन्ने
ग्राहकको खोजी गरिरहेछु !