मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अनन्त–राधिकाको दोस्रो प्रि–वेडिङको तयारी, ७५ अर्ब ७५ करोड भारु खर्च हुने

अनन्त–राधिकाको दोस्रो प्रि–वेडिङको तयारी, ७५ अर्ब ७५ करोड भारु खर्च हुने

इटाली र फ्रान्स बीचको समुद्रमा क्रुजमा हुने समारोहमा आठ सय पाहुना सहभागी हुने


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको जुलाईमा बिहे हुँदैछ । यसबीच दोस्रो प्रि–वेडिङ कार्यक्रम सुरू हुन लागेको छ ।

यही मंगलबारदेखि बिहीबारसम्म चल्ने सो कार्यक्रम इटली र फ्रान्सबीचको समुद्रमा ‘सेलिब्रेटी एसेन्ट’ नामक क्रुजमा हुँदैछ । क्रुज २८ मेमा इटलीको पालेर्मो बन्दरगाहबाट प्रस्थान गर्नेछ भने ४ हजार ३८० किमी यात्रा तय गरेर सदर्न फ्रान्समा पुगेर यात्रा सकिनेछ । अम्बानी परिवारले मियामीबाट अर्कै क्रुज मगाएका थिए । तर, फ्रान्समा त्यो क्रुज पार्क गर्न समस्या हुने भएपछि माल्टाबाट सेलिब्रेटी एसेन्ट मगाइएको हो ।

Advertisement

समारोहमा सहभागी हुनका लागि आठ सय जना अतिथिहरू १२ वटा विमान चढाएर इटली पुर्‍याइँदैछ । यीमध्ये तीन सय जना भिभिआइपी हुने बताइएको छ । यी अतिथिको आतिथ्यताका लागि क्रुजमा छ सय जना कर्मचारी पनि हुनेछन् । यस कार्यक्रमका लागि अम्बानी दम्पतीले ७५ अर्ब ७५ करोड भारु अर्थात् ९० करोड डलर खर्च गर्दैछन् ।

यसअघि मार्च १ देखि ३ को बीचमा भएको पहिलो प्रि–वेडिङ कार्यक्रममा अम्बानी परिवारले १२ अर्ब ५० करोड भारु खर्च गरेको थियो । सो समारोहमा खानपिनमा मात्रै २ अर्ब १० करोड भारु खर्च भएको बताइएको छ ।

प्रि-वेडिङ समारोह इटालीको पार्लेमो सहरमा दिवा भोजबाट सुरु हुनेछ । दिवा भोजपछि सबै पाहुनाहरू क्रुजमा चढ्नेछन् र क्रुजमै स्टाररी नाइट मनाइने छ।

समारोहको दोस्रो दिनलाई ‘रोमन हलिडे’ भनिएको छ जहाँ पाहुनाहरूले पर्यटकको रूपमा लुगा लगाउनु पर्नेछ। त्यहाँ एक ग्रीको (रोमन) थीम टोगा पार्टी हुनेछ। पार्टीमा पाहुनाहरूले पुरातन रोमन शैलीको लुगा र चप्पल लगाउनु पर्नेछ।

समारोहको तेस्रो दिनको कार्यक्रमलाई ‘भी टर्न वन अन्डर द सन’ भनिएको छ। उक्त साँझ मास्करेड र त्यसपछि ‘पर्डन माई फ्रेन्च’ नाम दिइएको पार्टी हुनेछ।

चारदिने प्रि-वेडिङ ब्यासको अन्तिम दिनको कार्यक्रमलाई ‘ला डोल्से भिटा’ नाम दिइएको छ जसको अंग्रेज़ी अर्थ ‘स्विट द गुड लाइफ हो।

समारोहमा सहभागी हुन अम्बानीका परिवारका सदस्य, साथीभाइ र भारत तथा विदेशबाट सेलिब्रेटीहरू इटली पुगिसकेका छन् । यस सूचीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, रणवीर कपुर र आलिया भट्टजस्ता कलाकारको नाम समावेश छ।

शेयर गर्नुहोस:

297
Shares