मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठगी गर्ने युवती पक्राउ

फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठगी गर्ने युवती पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनि ठगी गर्नेगरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले बागबजारमा झोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै गरेको पाइएको छ। उनलाई कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।