मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ

बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ


शेयर गर्नुहोस:

486
Shares

  • change font
  • change font
  • change font

बाँके । बैंकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कहोलपुर नगरपालिका-११ बस्ने करुणा शाहीलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले आइतबार पक्राउ गरेको हो । उनलाई बाँकेको बानियाभारबाट (माइतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ ।

इलाका प्रहरी कार्यालयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुने क्रममा रहेको जानकारी दिएका छन् ।

Advertisement

केही समयअगाडि बैकिङ्ग कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुनबहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी वृत सातदोवाटो ललितपुरबाट पक्राउ गरी कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्‍याइएको थियो ।

त्यसपछि गत फाल्गुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

शेयर गर्नुहोस:

486
Shares