मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
खेलकुद   

एसिसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

एसिसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालले एसिसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पूरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए ।

त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३(३ विकेट लिएका थिए । यो जितपछि समूह ‘ए’ मा रहेको नेपालको २ खेलमा ४ अंक भएको छ । नेपालले अब अर्को खेल आगामी सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

शेयर गर्नुहोस:

135
Shares