मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

काठमाडौँ विश्वकै बढी वायु प्रदूषित सहर !

काठमाडौँ विश्वकै बढी वायु प्रदूषित सहर !

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको सहरका रूपमा सूचीकृत भएको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आइक्यू एयरका अनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषण भएको सहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ ।

त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ ।

अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अतिअस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै, पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियाङ माई, चीनको हाङझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको याङ्गुन अस्वस्थ रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अतिअस्वस्थ तथा ३०१ भन्दामाथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

अहिले काठमाडौँको वायु प्रदूषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ । मौसम विभागले काठमाडौँमा अझै केही दिन वायु प्रदूषणको यो अवस्था रहने र यो केही दिन पूर्णरुपमा हट्ने सम्भावना नरहेको बताएको छ ।