मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

गलकोटका छ स्थानमा आगलागी : ३० बस्ती उच्च जोखिममा

गलकोटका छ स्थानमा आगलागी : ३० बस्ती उच्च जोखिममा

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ । गलकोट नगरपालिका अन्तर्गतका छ वटा सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण यहाँका करिब ३० बस्ती उच्च जोखिममा परेका छन् ।

गलकोट-२ को किटेनी सामुदायिक वन, शिलाजित मधुवन, वडा नं-३ को पालेवन सामुदायिक वन, ९ को मौरीभिर सामुदायिक वन, पाण्डुकेश्वरी सामुदायिक वन वडा नं ८ को मकैखोरी वनमा आगो लागेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

किटेनी सामुदायिक वन र शिलाजित मधुवनमा लागेको आगो नियन्त्रणमा लिए पनि अन्य चार वटा सामुदायिक वनको आगो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ । स्थानीयवासीको लापरबाहीका कारण आगलागी भएको भन्दै नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रवक्ता भण्डारी बताउछन्।

यही चैत २५ गते दिउँसोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआउँदा ठूलो क्षेत्रफलको वन सखाप भएको उनको भनाइ छ । गलकोट नगरपालिका–९ का अध्यक्ष तेजबहादुर थापाले आगोले ठूलो रूप लिन थालेपछि बस्ती जोखिममा परेको बताए ।

वनमा लागेको आगो बस्तीतर्फ पस्न थालेपछि सोमबार राति १० बस्तीलाई सुरक्षित स्थानमा सारेको भन्दै अझै करिब ३० बस्ती उच्च जोखिममा रहेको उनको भनाइ छ । गलकोट नगरपालिका–८ र ९ मा लागेको आगोले ज्यामिरे, मल्म, तारगा गाउँका धेरै बस्ती उच्च जोखिममा रहेको अध्यक्ष थापाले जानकारी दिए ।

स्थानीयवासीले नियन्त्रण गर्न नसकेपछि आगो बस्तीमा पस्न थालेको उनले बताए। वनमा सुकेको पात, घाँस र दाउरा भएको हुँदा आगोले ठूलो रूप लिएको अध्यक्ष थापाको भनाइ छ । दमकल नहुँदा आगो नियन्त्रणमा समस्या भएको उनी बताछिन्। अहिलेसम्म मानवीय क्षति भने नभएको थापाको भनाइ छ ।

“आइतबारदेखि लागेको आगो अहिलेसम्म नियन्त्रण हुन सकेको छैन, नियन्त्रणमा लागि धेरै प्रयास गरियो तर सफल हुन सकेका छैनौँ, हिजो राति सालघारी टोलसहित १० बस्तीलाई सुरक्षित स्थानमा सारेका छौँ”, उनले भने, “आगो निभाउने सम्भावना छैन, अहिलेसम्म कुनै पनि मानवीय क्षति हुन दिएका छैनौँ, दमकलको सुविधा छैन, मान्छेले नियन्त्रण गर्न सकिने अवस्था छैन, यही रूपमा आगो बढ्दै गयो भने धेरै गाउँका बस्ती जल्ने खतरा बढेको छ, यो हाम्रो नियन्त्रण बाहिर भयो ।”