मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रौतहटमा गोली प्रहार गरी भाग्दै गरेका तीन पक्राउ

रौतहटमा गोली प्रहार गरी भाग्दै गरेका तीन पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। रौटहटको परोहा नगरपालिका-९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज अपराह्न १ बजेतिर आइएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

घटना संलग्न भारत विहार पूर्वी चम्पारण मोतिहारी दीपही-२ बस्ने १८ वर्षीय किशोरसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काउन्टरमा काम गरिरहेको अवस्थामा उनीहरुले सञ्चालक साहमाथि गोली प्रहार गरी फरार भएका थिए। गोली प्रहारबाट मनि ट्रान्सफर सञ्चालक साह घाइते भएका छन्। प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपश्चात उनलाई वीरगन्ज रिफर गरिएको छ।

नेपाल-भारत सीमा क्षेत्रस्थित घिउरा नाकामा खटिइएका सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्नासहितको टोली र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रहरीले उनीहरुका साथबाट एक नाल कटुवा पेस्तोल र बिआर ०६ सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ।