मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

महिलाका मुद्दामा सशक्त ढङ्गले कलम चलाउनुपर्नेमा जोड

महिलाका मुद्दामा सशक्त ढङ्गले कलम चलाउनुपर्नेमा जोड


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रका अग्रजहरुले महिलाका मुद्दामा सशक्त ढङ्गले कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।

एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला विभागद्वारा मंगलबार आयोजित ‘लैङ्गिकताका सवालमा नेपाली मिडिया विषयक’ अन्तर्क्रियामा महिलाका हकअधिकार सुनिश्चित गर्न सञ्चारकर्मीहरुले काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

Advertisement

महासंघका सल्लाहकार निर्मला शर्माले लैङ्गिकताका सवाल सहभागिता र विषयवस्तुका आधारमा विश्लेषण गर्नुपर्ने बताउँदै महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न महिलामा दक्षता तथा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

“सङ्ख्यात्मकरुपमा महिलाको सहभागिता अभिवृद्धि हुनेक्रम रहे तापनि सहभागितासँगै नेतृत्वदायी भूमिका निर्वाह गर्न महिलाले आफ्नो क्षमता विकासमा जोड दिनुपर्छ”, उनले भनिन्, “महिला स्वयं सञ्चार क्षेत्रमा रहिरहँदा लैङ्गिकताका सवाल उठान गर्नमा महत्त्वपूर्ण भूमिका रहन्छ ।”

हिमालय टाइम्सका पूर्वसम्पादक पुरुषोत्तम दाहालले महिलामाथि हुने हिंसा रोक्न गर्न सबैपक्षले ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिए । उनले महिला मात्र नभई पुरुषलाई पनि सचेत गराउनुपर्ने बताए । सञ्चार जगत्लाई व्यावसायिक, मर्यादित बनाउन दिगो योजना चाहिने उनले बताए ।

सञ्चारकर्मी कल्पना शर्माले मिडिया क्षेत्रमा आबद्ध महिलाको अवस्थाबारे गहिरो विश्लेषण गर्न जरुरी भएको बताउँदै आफ्नो क्षमताअनुरुप अधिकार प्राप्तिको लडाइँमा पछि हट्न नहुनेमा जोड दिइन् ।

शेयर गर्नुहोस:

108
Shares