मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
खेलकुद   

साफ यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपालद्वारा भुटान पराजित

साफ यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपालद्वारा भुटान पराजित


शेयर गर्नुहोस:

783
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे ।

खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

खेलको ३१औँ मिनेटमा ग्यान्सुले एक गोल थपिन् । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भूटानमाथि सहज जित निकाल्यो । जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । यससँगै नेपालले प्रतियोगितामा तीन अङ्क बटुलेको छ । अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ ।

शेयर गर्नुहोस:

783
Shares