मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
राजनीति-समाज   

ग्यास सिलिण्डर पड्किएर बारामा एक जनाको मृत्यु, पाँच घाइते

ग्यास सिलिण्डर पड्किएर बारामा एक जनाको मृत्यु, पाँच घाइते


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

बारा । ग्यास सिलिण्डर पड्किएर बारा निजगढ नगरपालिका–५ बस्ने वर्ष ४५ को रेशम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो १२ः०० बजेको समयमा निजगढ नगरपालिका–७ निजगढ बजारस्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएको मगरको बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

ग्यास सिलिण्डर पड्किँदा बारा, निजगढ नगरपालिका–५ बस्ने ४५ को सूर्यबहादुर थापा, सामुदायिक प्रसूति गृह अस्पताल निजगढमा, जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–९ बस्ने वर्ष ३४ को फिरोद देवान, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा, सोही ठाँउ बस्ने वर्ष २० को रितु रजत, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा, भारत, गवाई बस्ने वर्ष ३५ को राकेश जयसवाल र भारत, रामघडवा वर्ष २० को अरविन साह, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचार भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

108
Shares