मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नू /नगराउनू भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई मंगलबार निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू /नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

आदेशमा भनिएको छ, “स्वामित्व परिर्वतनसम्बन्धी विषय विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट गत मङ्सिर २१ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ ।”

मलेसियाको कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतिशलाल आचार्यको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो ।

उक्त विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।