मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

बिपीको सिद्धान्तअनुसार कांग्रेसको नेतृत्व चल्नुपर्छ : अध्यक्ष वाग्ले

बिपीको सिद्धान्तअनुसार कांग्रेसको नेतृत्व चल्नुपर्छ : अध्यक्ष वाग्ले


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

मध्यविन्दु (नवलपरासी) । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले बिपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त र नीतिअनुसार नेपाली कांग्रेसको वर्तमान नेतृत्व चल्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाज नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले कावासोतीमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने “अहिले देशमा सङ्घीयता र व्यवस्थाप्रतिको टिप्पणीलाई समयमै सम्बोधन गरिनुपर्छ ।”

Advertisement

अध्यक्ष वाग्लेले देश र पार्टीलाई सही विचार दिनका लागि प्रजातान्त्रिक विचार समाजले सहयोग गर्ने बताए। समाजमा वरिष्ठ उपाध्यक्ष डा ईश्वरी लौडारीले नागरिकलाई नागरिक नठानी रैती बनाउन खोज्ने राजतन्त्रको बारेमा अब कुनै बहस आवश्यक नभएको बताए ।

समाज नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अध्यक्ष बाबुराम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, जिल्ला कार्यवाहक सभापति चन्द्रबहादुर राना, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायतले बिपीको योगदानको चर्चा गरेका थिए ।

शेयर गर्नुहोस:

27
Shares