मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने बेला भएको छ : महामन्त्री थापा

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने बेला भएको छ : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न सोध्ने बेला भएको बताएका छन् ।

नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई शुक्रबार कटारीमा सम्बोधन गर्दै उनले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताए ।

पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै कांग्रेस नेता थापाले आगामी माघ १० गतेसम्म एकपटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरे । “माघ १० गतेसम्म केही उद्घाटन गर्दिन, शिलान्यास गर्दिन, केही बोल्दिन बिहानदेखि बेलुकासम्म काम गर्छु भन्नुभएको छ”, महामन्त्री थापाले भने, “हामीलाई बोल्ने मात्रै मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ ।”

विसं २०६० देखि आन्दोलन सफल होला, संविधान बन्दा देशमा केही होला भनेर पर्खिएका जनता अहिलेसम्म निराश रहेको नेता थापाको भनाइ थियो । “त्यसैले हामीले अब कामको परिणाम देखाउनुपर्छ”, थापाले भने, “२०८४ को चुनाव हारिएला भन्ने होइन, चुनाव हारे पनि केही हुन्न, तर जनतालाई कामको परिणाम देखाउन कांग्रेसले केही गर्नुपर्छ ।” भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कांग्रेसको दायित्व रहेको उनले बताए ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्गदेम्बेले कांग्रेसले देशलाई अप्ठ्यारो पर्दा भरोसा दिनुपर्ने बताए । गणतन्त्र, सङ्घीयता, समावेशिता, लोकतन्त्रमाथि कुदृष्टि राख्नेप्रति सचेत हुनुपर्ने उनले बताए ।

नेतृ डिला सङ्ग्रौलाले तीन तहमा कांग्रेस सरकारमा रहेकाले कांग्रेसले जनताको अधिकार दिन सक्यो कि सकेन भन्ने विषयमा छलफल गर्नुपर्ने बताइन् । जिल्ला सभापति हिमाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम पश्चात बन्दसत्रमा सङ्गठनका बारेमा थप छलफल गरिने सम्मेलन आयोजक समितिका संयोजक राजेशचन्द्र श्रेष्ठले बताए ।