मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

बालविवाहको आरोपमा बेहुलासहित पाँच पक्राउ

बालविवाहको आरोपमा बेहुलासहित पाँच पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१०, मगरकोटमा ४० वर्षीय पुरूषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा ४० वर्षीय बेहुला र विवाह गराउन ललाइफकाई गरेको आरोप लागेका सहित पाँच जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले बालविवाह भएको भन्ने सूचना प्राप्त गर्नासाथ विवाह गर्ने र गराउने पाँच जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए । प्रहरीले पक्राउ परेकाको भने नाम सार्वजनिक गरेको छैन ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७३ बमोजिम कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । शर्माले ३० हजार जरिवाना वा ३ वर्षसम्म कैद हुन सक्ने बताए । बालिकाकी आमा, बेहुला र लमीको काम गर्ने ३ जनासहित ५ जना पक्राउ परेका छन् । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले अनुसन्धानको क्रममा आमालाई बेहुला २० वर्षको हो भनी झुक्याएर विवाह गर्न लगाएको बयान दिइएको जनाएको छ । शर्माका अनुसार आमाले २० वर्षको केटा हो भनेपछि विवाह गर्न आफूले छोरीलाई करकाप गरेको स्वीकार गरेको बताए ।

बालिकाकी भाउजूले विवाह गरेको थाहा पाएपछि विवाहको तीन दिनपछि नन्दलाई फर्काएर लगेकी थिइन् । बालिका फर्काएर लगेपछि बेहुलाले साँझ मादक पदार्थ सेवन गरी बालिकाका आफन्तलाई धम्काउन थालेपछि उनीहरुले प्रहरीकोमा उजुरी गरेका थिए ।

बालिका पक्षले बेहुलालाई जबर्जस्ती करणीको उजुरी भने नगरेको प्रहरीले जनाएको छ । बेहुलाको दोस्रो विवाह भए पनि पहिलो श्रीमती विगत १०÷१२ वर्षदेखि बेपत्ता भएको बेहुला पक्षले बताएको र बेपत्ता पहिलो श्रीमतीको २०७२ सालको भूकम्पमा मृत्यु भएको खबर पाएको समेत बताएको प्रहरी निरीक्षक साजन शर्माले बताए ।