मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न आयोगको आग्रह

युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न आयोगको आग्रह


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । रुस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकहरु जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरुको मानव अधिकार संरक्षण गर्नु सरकारको कर्तव्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

‘रुस र युक्रेनबीच भइरहेको युद्धका क्रममा नेपालीहरु विभिन्न गैरकानुनी बाटो प्रयोग गरी रुसी र युक्रनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको, केही घाइते भएका र अझै पनि सयौंको संख्यामा दुवैतर्फको सेनामा नेपालीहरु संलग्न रहेको बुझिन आएको छ। नेपाली नागरिकहरु जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरुको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ,’ आयोगले भनेको छ।

यस्तै, आयोगले युद्धमा परेर मृत्यु भएकाहरुको शव स्वदेश ल्याई आफ्नो परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरुको उपचारका लागि प्रभावकारी पहल गर्न र स्वदेश फर्कन चाहनेहरुलाई कूटनीतिक पहल गरी स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ।

शेयर गर्नुहोस:

189
Shares