मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

हिमालय हेल्थ क्लिनिक अब महिनामा दुई पटक

हिमालय हेल्थ क्लिनिक अब महिनामा दुई पटक

हिमालय हेल्थ क्लिनिक


शेयर गर्नुहोस:

7.3k
Shares

  • change font
  • change font
  • change font

टेक्सस । नेपाली चिकित्सकहरुको पहलमा स्थापना भएको हिमालय हेल्थ क्लिनिकले आउँदो महिनादेखि दुई साताको अन्तरमा सेवा प्रदान गर्ने तयारी गरेको छ ।

टेक्ससको युलेसमा स्थापना गरिएको क्लिनिकले आउँदो डिसेम्बरदेखि महिनामा दुई पटक क्लिनिक सञ्चालन गर्ने घोषणा गरेको हो । हिमालय हेल्थ क्लिनिकले पूर्ण रुपमा निशुल्क रुपमा सेवा प्रदान गर्दै आएको छ ।

युलेसमा रहेको नेपाली मन्दिरमा आठ वटा कोठाहरुबाट क्लिनिकले अत्याधुनिक उपकरण समेत जडान गरेर व्यबस्थित रुपमा सेवा प्रदान गर्दैैै आएको छ । डिसेम्बर महिनामा ३ तारिक र १७ तारिकमा सेवा प्रदान गरिने जनाइएको छ । सेवा लिनेहरुको संख्या पनि निकै बढेको छ ।

‘पहिले हामीसँग प्रयाप्त जनशक्तिहरु पनि थिएनन् । अहिले हामीसँग धेरै जना डाक्टर साबहरु जोडिइसक्नु भएको छ । नर्स लगायत अन्य दक्ष जनशक्ति पनि भएकोले अबदेखि महिनामा दुई पटक गर्ने निर्णयमा पुगेका हौँ’ क्लिनिकका मुख्य परिकल्पनाकार डाक्टर सञ्जीब श्रेष्ठले भन्नुभयो । डा. श्रेष्ठको नेतृत्वमा नेपाली चिकित्सकहरु संलग्न टेक्सस नेप्लिज मेडिकल एसोसिएसन समेत दर्ता भएर सकृय रहेको छ ।

क्लिनिकलाई हप्तामा एक पटक सञ्चालन गर्ने दीर्घकालिन लक्ष्य लिइएको छ ।

शेयर गर्नुहोस:

7.3k
Shares