मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   
मुख्य समाचार   

‘एसियाली सहकार्य संवाद’ नेपालको उच्च प्राथमिकतामा : मन्त्री साउद

‘एसियाली सहकार्य संवाद’ नेपालको उच्च प्राथमिकतामा : मन्त्री साउद

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

राष्ट्रसङ्घको मुख्यालयमा हिजो आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको र यसभित्र एसियाली सहकार्य संवादसमेत पर्ने बताए । 

उनले भने, ‘हामीहरू सबै एसियाली क्षेत्रका सदस्यसँग यसको उद्देश्यअनुसार काम गर्न तयार छौँ, साथै यसले आत्मसात् गरेका मुख्य विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्न सहमत छौँ ।’

१८ देशका विदेशमन्त्री मिलेर सन् २००२ जुनमा स्थापना भएको एसियाली सहकार्य संवाद’को सदस्यता नेपालले सन् २०१६ मार्चमा लिएको थियो ।