मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ उन्मुख हुँदै गएको बताएका छन् । पोखरा पर्यटन परिषद्को वार्षिक साधारण सभाको सोमबार पोखरामा उद्घाटन गर्दै उनले अर्थतन्त्रमा सकारात्मक सुधार हुँदै गएको बताएका हुन् ।

भूकम्प, कोभिड महामारी लगायतका विभिन्न कुराले अर्थतन्त्र गम्भीर असरमा परेको भन्दै उनले अहिले अवस्था सकारात्मक हुँदै गएको बताएका छन् । नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै उनले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिए ।

राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उनले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिए । आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउँदै अर्थमन्त्री डा।महतले पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गले बढाउने बताए ।

पर्यटनलाई समृद्धिको महत्त्वपूर्ण आधारका रूपमा लिइएको बताउँदै उनले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने उल्लेख गर्दै ट्रान्जिट धेरै भए पर्यटकीय गतिविधि बढ्ने बताए ।