मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

डेंगु रोकथामका लागि संसद्-मार्फत सरकारको ध्यानाकर्षण

डेंगु रोकथामका लागि संसद्-मार्फत सरकारको ध्यानाकर्षण

हिमालय खबर

शेयर गर्नुहोस:

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोग रोकथामका लागि प्रभावकारी कदम चाल्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद् प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै कार्कीले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग मुलुकभर फैलिएको र आतंक सिर्जना गरेको बताए । अहिले ज्वरोको लक्षण देखिएर अस्पताल जाने ७० प्रतिशतमा डेंगुको संक्रमण पुष्टि हुने गरेको उनको भनाइ छ।

‘अहिले डेंगु रोगले देशभर आतंक सिर्जना गरेको छ । यो रोग निवारणका लागि समुचित प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु,’ कार्कीले संसद्मा भने, ‘जटिल अवस्थामा पुगेका बिरामीलाई विशेष अस्पतालको प्रबन्ध गरेर उपचार थालियोस् ।’ औषधि र स्वास्थ्य सामग्रीको अभावका कारण बिरामीले उपचार पाउन नसकेकोबारे पनि कार्कीले सरकारको ध्यानाकर्षण गराए ।

अहिले सुनसरी जिल्लामा मात्र १४ हजार दुई सय ६४ जना डेंगु रोगीका संक्रमित रहेको र त्यहाँ यसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेकाले यो विषयमा गम्भीर हुनुपर्ने उनको जोड छ ।